News Portal

  • एभरेष्ट बैंकले माघ ३ गतेदेखि २ अर्बको ऋणपत्र बिक्री गर्ने

    आर्थीकसंसार संवाददाता२ माघ, २०७८
    १३३३ पटक
    २ माघ, २०७८

    काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८६’ नामक ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र जारी गर्न लागेको हो ।
    बैंकले माघ ३ गतेदेखि एक हजार रुपैयाँ दरको २० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्ने छ । जसमध्ये ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
    यो ऋणपत्र निष्काशन माघ ३ बाट खुल्ला रहने र निष्काशन बन्द छिटोमा माघ ६ हुने बैंकले जनाएको छ ।
    एभरेष्ट बैंकले देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३८ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्