News Portal

  • तीनवटा लघुवित्तले जीवन विकास लघुवित्तको नाममा भदौ २२ देखि एकीकृत कारोबार सुरु गर्ने

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०७७
    ८४१ पटक
    १४ भदौ, २०७७

    काठमाडौं । तीनवटा लघुवित्त वित्तीय संस्थाले भदौ २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
    नेपाल राष्ट्र बैंकले कम्पनीलाई साउन २६ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको थियो ।
    जीवन विकासको केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिकामा रहेको छ भने सल्भ लघुवित्त धनकुटा नगरपालिका र गरिबी निवारण लघुवित्त सप्तरीको राजविराजमा रहेको छ । अब मर्जरपश्चात जीवन विकासको केन्द्रीय कार्यालय मोरङको कटहरीबाट वित्तीय सेवा प्रदान गर्नेसमेत सूचनामा जनाएको छ । त्यस्तै, एकीकृत कारोबार गर्नको लागि डाटा माइग्रेसन गर्नुपर्ने भएकोले तीनवटै लघुवित्तले प्रदान गर्ने सेवा भदौ १९, २० र २१ गते बन्द हुने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्