News Portal

  • नारायणी बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१ माघ, २०७८
    ११९० पटक
    १ माघ, २०७८

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा वार्षिकोत्सव भौतिक तथा भर्चुअलको माध्यमबाट पुस २९ गते सभा सम्पन्न भएको हो ।
    संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०७८/७९ को लागि लेखा परीक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरेको छ ।
    यस्तै सभाले आवश्यकताअनुसार उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत दिने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्