News Portal

  • सिभिल बैंक खाता खल्तीमा लिंक गर्दा बोनस र स्मार्टफोन उपहार

    आर्थीकसंसार संवाददाता३० पुष, २०७८
    ११११ पटक
    ३० पुष, २०७८

    काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि १०० बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन् ।
    यो बोनस अफर पहिलोपटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ताले लिंक गर्न अगाडि केवाईसी भेरिफाइ गराउन पर्नेछ । केही सेकेण्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।
    यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समयलाई कम गर्न ल्याइएको खल्तीले जनाएको छ ।
    एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ । १०० बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागु हुनेछ ।

    प्रतिकृया दिनुहोस्