News Portal

  • सिद्धार्थ बैंकको २० औं वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता३० पुष, २०७८
    ८९८ पटक
    ३० पुष, २०७८

    काठमाडौं । सिद्धार्थ बैंकले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । पुस ३० गते सम्पन्न बैंकको २०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।
    सभाले बैंकको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर तथा ०।७५ प्रतिशतको नगद लाभांश ९बोनस शेयर कर प्रयोजनका लागि मात्र० प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
    हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९६ करोड रुपैयाँ छ । १४.२५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ पुग्ने छ ।
    वि।सं। २०५९ सालमा स्थापना भएदेखि नै सिद्घार्थ बैंक ग्राहक वर्गको चाहनाबमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ । बैंकले हालसम्म १८९ शाखा, २०८ एटीएम, ११४ शाखारहित बैंकिङ्ग, १,८९० पि ओ एसमार्फत देशभरी नै आफ्नो सञ्जाल विस्तार गरेको छ ।

    प्रतिकृया दिनुहोस्