News Portal

  • सिभिल बैंकको ११औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता३० पुष, २०७८
    ८५६ पटक
    ३० पुष, २०७८

    काठमाडौं । सिभिल बैंकको एघारौं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित लाभांश पारित गरेको छ ।
    पुस ३० गते शुक्रबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६५ नगद लाभांश पारित गरेको हो ।
    साथै सभाले आ.व. २०७८/७९ को लेखापरिक्षण गर्नको लागि ‘एन.बि.एस.एम.एण्ड एशोसियट्स’ लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
    सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको जनाएको छ ।
    करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ९१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

    प्रतिकृया दिनुहोस्