News Portal

  • पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पुष, २०७८
    ९८८ पटक
    २९ पुष, २०७८

    काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा साधारण सभा सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा यही २०७८ पौष २८ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भयो । सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिला समेत) कम्पनीको सञ्चालक सदस्यहरुमा संस्थापक शेयर धनी समुह–“क”को तर्फबाट प्रेमबहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भयो ।
    कम्पनीको आ.व. २०७५/०७६ र आ.व. २०७६/०७७ को लेखापरीक्षण एन.ए.आर.एस. एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछानेले र आ.व. २०७७/०७८ को डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र कुमारले तयार पार्नुभएको लेखापरीक्षकको प्रतिवेदनहरुलाई सर्वसम्मतिबाट स्वीकृत गरियो । साथै कम्पनीको आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्न डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट श्री दिपेन्द्र कुमारलाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरियो ।
    कम्पनीका संचालक ध्रुवकुमार श्रेष्ठले आयोजना सम्पन्न गर्न कम्पनीले भोग्नु परेको समस्या, कम्पनीको आर्थिक स्थिति र सभामा उपस्थित भई सभालाई रचनात्मक सुझाबका साथै वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउनु भएकोमा उपस्थित सबैलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्नुभयो ।
    शेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा प्रश्नहरुको सम्बन्धमा संचालक समितिको तर्फबाट प्रदिपकुमार श्रेष्ठ र टिकाराम निरौलाले प्रष्ट पार्नु भएको थियो । शेयरधनीहरु अमिर दास रन्जित, उद्धवप्रसाद घिमिरे, ब्रम्हदेव शाक्य, अर्जुन कुमार ढुङ्गेल, शिवप्रसाद पौडेल, डम्वरु बल्लभ घिमिरे र शत्रुधन श्रेष्ठले आफ्ना अमूल्य राय सुझावहरु दिनु भएको थियो । कम्पनीको यस आर्थिक वर्षहरुमा खर्च घटेको र आम्दानी सकारात्मक तिर गएको हुँदा नाफाको सुनिश्चतता गरी शेयरधनीहरुलाई लाभांश वितरण गर्न आग्रह गरिएको थियो ।
    कम्पनीको संचालकहरुको निर्वाचन गर्न विश्वजय पुडासैनीलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको थियो । सभामा सनराइज क्यापिटल लिमिटेडबाट विजयलाल श्रेष्ठ र कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट उप–रजिष्ट्रार हरिप्रसाद अधिकारीको समेत उपस्थिति रहेको पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्