News Portal

  • माछापुच्छ्रे बैंकका ग्राहकलाई शुन्य किस्तामा साओमी र पोको फाेन

    आर्थीकसंसार संवाददाता३० पुष, २०७८
    ७८५ पटक
    ३० पुष, २०७८

    काठमाडौं । माछापुच्छ्र्रे बैंक लि. का ग्राहकले साओमी र पोको ब्रान्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु  शून्य प्रतिशत ईएमआईमा पाउने भएका छन् । ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्र्रे बैंक र भास्कल इम्पेक्स प्रा.लि.बीच बैंकको ‘इन्स्टा–पे’ सुविधामार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौतापश्चात हताक्षर गरिएको हो । उक्त सम्झौतापत्रमा भास्कल इम्पेक्स प्रा.लि.को तर्फबाट डाईरेक्टर नितेशकुमार मन्ुद्र तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ्क विनय रेग्मीले हस्ताक्षर गर्नुभएको थियो ।
    सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि जिरो प्रतिशत ईएमआईमा इन्स्टापे मार्फत रु पन्ध्र हजारदेखि साओमी र पोको ब्रान्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा Instapay बाट पाउन सक्नेछन् । हाललाई यो सुविधा भास्कल इम्पेक्स प्रा.लि.को काठमाडौंस्थित सो रुममार्फत प्रदान गरिनेछ ।
    बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ ।
    माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

    प्रतिकृया दिनुहोस्