काठमाडौं । कृषि विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंकले आफ्नै केन्द्रिय तालिम प्रतिष्ठान बोर्डमा सभा सम्पन्न गरेको जनाएको छ । कोभिड–१९ को जोखिमका कारण भर्चुअल माध्यमबाट सभा आयोजना गरेको बैंकले बताएको छ ।
सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभाले गत सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदनलागयतका विवरणहरु पारित गरेको छ ।
साथै, सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाहलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको छ ।
बैंकले साधारणसभाको प्रयोजनका लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । त्यसकारण प्रस्तावित लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले पाउने भएका छन् ।
कृषि विकास बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित
आर्थीकसंसार संवाददाता२९ पुष, २०७८
२९ पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता