काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएको छ ।
न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै सो आदेश दिएको भए पनि लिखित आदेशको बुधबार आएको हो । आफूहरुले गत अप्रिल २ मा नै आईएफआईसीसँग एनबी बैंकको संस्थापक सेयर खरिदका लागि सम्झौता गरिसकेको चौधरी ग्रुपलाई सेयर बिक्री गरिएको भन्दै सनराइज बैंक सञ्चालक समिति अध्यक्षसमेत रहेका व्यवसायी मोतिलाल दुगडले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
दुगडको निवेदनको सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौंले विपक्षीहरुबाट ७ दिनभित्रमा लिखित जवाफ माग गर्ने आदेश दिएको छ । सो लिखित जवाफ नआउँदासम्म सेयर बिक्री नगर्न आदेशमा भनिएको छ ।
‘यस उजुरीकर्ताले नेपाल बंगलादेश बैंक लिमिटेडको ३६८२७४२६ कित्ता सेयर १५७।– का दरमा खरीद गर्न ३१ मार्च २०२१मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिदा सो बमोजिमको सेयर विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु भनी विपक्षीको नाममा आदेश जारी गरिएको छ । उजुरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ७ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षहरुका नाममा म्याद जारी गरी लिखित जवाफ प्राप्त भए वा म्याद नाघेपछि नियमानुसार पेश गर्नू,’ आदेशमा भनिएको छ ।
आइएफआइसीको शेयर खरिद प्रक्रिया रोक्न अदालतको आदेश
आर्थीकसंसार संवाददाता२८ पुष, २०७८
२८ पुष, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन