News Portal

  • सिटिजन्स बैंकको पोखरामा प्रिभिलेज काउन्टर विस्तार

    आर्थीकसंसार संवाददाता२७ पुष, २०७८
    ७६० पटक
    २७ पुष, २०७८

    काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरूलाई छिटो, छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
    यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौं तथा कमलादी काठमाडौं, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं. १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं. २ को राजविराज शाखामा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको थियो ।
    साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना बैंकको छ । सिटिजन्स बैंकले १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्