काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र MOCO एप बीच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र FOCUSONE Payment Solutions का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको हो ।
एमओसीओ एप नेपालमा पहिलोे ’ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब एमओसीओ एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन्– जस्तै टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, आदि । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन ।
काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ एक्स्टेन्सन काउन्टर र १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएमार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि–आश्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।
कामना सेवा विकास बैंक र एमओसीओ एपबीच साझेदारी
आर्थीकसंसार संवाददाता२७ पुष, २०७८
२७ पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक