News Portal

  • हिमालयन बैंकले संकटा क्लबलाई दश लाख प्रदान

    आर्थीकसंसार संवाददाता२६ पुष, २०७८
    ७६० पटक
    २६ पुष, २०७८

    काठमाडौं । हिमालयन बैंकले संकटा क्लबलाई शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा प्रायोजन गर्ने भएको छ । बैंकले न्यूरोडस्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरेसँगै प्रतियोगितामा प्रायोजन गर्ने भएको हो ।
    बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सरसामान खरिद गर्न उक्त क्लबलाई मद्दतस्वरुप प्रदान गरेको जनाएको छ ।
    बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका महासचिव रमेशध्वज बस्नेतलाई हस्तान्तरण गरेका थिए ।
    उक्त समारोहमा महाप्रबन्धक अनुप मास्केलगायत अन्य वरिष्ठ पदाधिकारीहरुसहित संकटा क्लबका अध्यक्ष इनद्रमान तुलाधरलगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।

    प्रतिकृया दिनुहोस्