काठमाडौं । नबिल बैंकले कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा सहकार्य गर्ने भएको छ ।
नबिल बैंकले बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी राष्ट्रिय संवादमा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्ससँग सहकार्य गर्ने भएको हो ।
उक्त सहकार्यका लागि नबिल बैंकको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरजकुमार बस्नेत (डनिल) र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स्का तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघले माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टरमा आयोजना गर्न लागेको पाँचौं राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीमा यी दुई कार्यक्रमको आयोजना आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्सले गर्दैछ ।
कृषि सम्बन्धी सम्पूर्ण सरोकारवालाहरू जस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उद्देश्य रहेको छ ।
मेलाको प्रमुख आकर्षण ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा कृषि लगानीसम्बन्धी समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरूबीचको व्यवहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।
कृषि कर्जा मेलामा आयोजना हुन लागेको ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’ को प्रस्तुति गर्न पाउँदा नबिल बैंक गौरवान्वित भएको निरजकुमार बस्नेत (डनिल)ले बताए । उक्त संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियमबीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुने उनले बताए ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंकको सहकार्यमा पहिलोपटक कृषि कर्जा मेला तथा लगानी सम्बन्धी कार्यक्रम हुने
आर्थीकसंसार संवाददाता२६ पुष, २०७८
२६ पुष, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम