News Portal

  • सगरमाथा इन्स्योरेन्सको साधारणसभामा मर्जर प्रस्ताव पेश हुने

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७७
    ४८७ पटक
    १३ भदौ, २०७७

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा आज शनिबार हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान १० बजे बोलाएको हो ।
    कम्पनीले मर्जर वा एक्विजिशन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीले साधारणसभामा निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर वा एक्विजिसन प्रक्रिया अघि बढाउन विशेष प्रस्ताव लैजाने भएको छ । साथै, उक्त सभामा आर्थिक वर्ष २०७५/७६ को नाफा/नोक्सानको हिसाबसहितको वित्तीय विवरण पारित गर्नेछ । सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितका वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण तथा त्यससंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्