News Portal

  • नेपाल बैंकको भीमदत्त नगरपालिकामा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ पुष, २०७८
    ७०२ पटक
    २४ पुष, २०७८

    काठमाडों । नेपाल बैंक लिमिटेड सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    बिद्यार्थीहरुलगायत समाजका सबै वर्गलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङ प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउँदै आएको एमिटि कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा उक्त कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ ।
    भीमदत्त नगरपालिकामा सञ्चालित डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेशराज जोशीले डिजिटल बैंकिङ वित्तीय साक्षरतासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा १२५ जना स्थानीयको सहभागिता रहेको बैंकले जनाएको छ । एमिटी कलेज महेन्द्रनगरमा भएको कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।
    डिजिटल बैंकिङ वित्तीय साक्षरतासम्बन्धी उक्त कार्यक्रम उद्घाटन गर्दै सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन विभागका डिन प्रा.डा. पदमराज जोशीले सुदूरपश्चिम विश्वविद्यालयको नेपाल बैंकसँगको आत्मीय सम्बन्ध र यस बैंकले प्रवाह गर्दै आएका ग्राहकमैत्री सेवाहरुको चर्चा गर्दै डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रमबाट बीबीए अध्यनरत विद्यार्थीहरुमा ठुलो वित्तीय चेतना जागृत गरेको भन्दै हर्ष र धन्यवाद व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्