News Portal

  • कामना सेवा बैंकको मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा सुरु

    आर्थीकसंसार संवाददाता२४ पुष, २०७८
    ९५८ पटक
    २४ पुष, २०७८

    काठमाडौं । नेपालमै पहिलोपटक कामना सेवा विकास बैंकले मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
    आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँपोखरामा बैकले मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
    काठेखोला गाउँपालिकाका वडा अध्यक्ष शिवप्रसाद कँडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदारनाथ शर्माले संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा सुरु गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्