काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्ता समीक्षा पाठक १८ वर्षकै उमेरमा एमडिआर्टी बन्न सफल भएकी छिन् । पाठक नेपालबाट अहिलेसम्म एमडिआरटी बन्नेहरुमध्ये सबैभन्दा सानो उमेरकी भएको महालक्ष्मी लाइफको दाबी छ । अहिलेसम्म प्राप्त भएको जानकारीअनुसार उनको भन्दा कम उमेरमा एमडिआरटी भएको पाइएको छैन । तर आधिकारिक रुपमै उनलाई कम्पनीले नेपालकै कान्छी एमडिआरटी भनेर घोषणा भने गरेको छैन ।
पाठक महालक्ष्मी लाइफको कावासोती शाखाकी अभिकर्ता हुन् । उनले यही शाखा कार्यालयबाट एमडिआरटीको टार्गेट पुरा गरेकी हुन् । उनी अहिले सिएसआइटीमा स्नातक दोस्रो सेमेस्टर अध्ययनरत छिन् ।
अभिकर्ताहरुका लागि एमडिआरटी प्रतिष्ठाको विषय बनेको छ । एमडिआरटी अर्थात मिलियन डलर राउण्ड टेबल । अमेरिकामा मुख्यालय रहेको यो संस्था विश्वभरका व्यवसायीक अभिकर्ताहरुको प्रतिनिधिमूलक संस्था हो । सन् १९२७ मा स्थापना भएको यस संस्थाले प्रत्येक अंग्रेजी वर्षभरमा अभिकर्ताले व्यक्तिगतरुपमा आर्जन गर्नुपर्ने कमिशन, आय र प्रथम बिमाशुल्कको मापदण्डको आधारमा उपाधी प्रदान गर्दै आएको छ ।
एमडिआरटी अन्तर्गत तीन तहको उपाधीको प्रावधान छ । पहिलो तहमा ३५ लाख रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्न सफल अभिकर्तालाई एमडिआरटी त्यस्तै १ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफललाई सिओटी र २ करोड ९ लाख नब्बे हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफललाई टिओटीको उपाधी प्रदान गरिन्छ । एमडिआरटी उपाधीका लागि योग्य अभिकर्ताहरुलाई जीवन बीमा कम्पनीले विशेष सम्मान सम्मान गर्ने भएकाले पनि यो प्रतिष्ठाको विषय बनेको हो ।
समिक्षा पाठक सबैभन्दा कम उमेरमा एडिआरटी बन्न सफल
आर्थीकसंसार संवाददाता२४ पुष, २०७८
२४ पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- बजाजको ‘क्यास सफारी’ अफर