काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको प्रस्तावकको मृत्युपछि १२ लाख ८ हजार रुपैयाँको दाबी भुक्तानीसहित बीमा अवधिभर बीमा शुल्कसमेत भुक्तानी गरिदिने भएको छ । कम्पनीले ज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजनाका बीमित मिल्सन आङ्देम्बेको प्रस्तावक मिलन आङ्देम्बेको मृत्यु भएकाले करार बमोजिम उक्त रकम भुक्तानी दिएको हो । यस बीमा योजनामा कम्पनीले अभिभावकको ज्योति म्यादी जीवन बीमा योजनाको पनि राइडर पोलिसी थियो । सोही अनुसार बीमितको परिवारले थप रकम पाएको हो ।
आङदेम्बेले २०७७ फागुन १५ गते १६ वर्षे अवधिको ज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना खरिद गरिदिएका थिए । प्रस्ताव आङ्देम्बेको गत असोज २७ गते सडक दुर्घटनाका क्रममा मृत्यु भएको थियो ।
उनको निधनपश्चात कम्पनीले बालक मिल्सनको अवको १५ वर्षसम्म मासिक ७ हजार ८० रुपैयाँ बीमा शुल्क भुक्तानी गरिदिनेछ । यसरी बीमालेखअन्तर्गत अभिभावकको दायित्वबाट मुक्त गराई कम्पनीले नै उक्त रकम तिरिदिनुका साथै बीमा अवधि पछि उक्त रकम एकमुष्ठ रुपमा प्रदान गर्नेछ ।
दाबी भुक्तानी कार्यक्रममा बीमा कम्पनीका शाखा प्रमुख नगेन्द्रबहादुर घिमेर, बीमा कम्पनीका कर्मचारी, मेची प्रमुख नारायण ओझा, सिनियर एजेन्सी मेनेजर मेनुका पाण्डे, उर्मिला कार्की, एजेन्सी मेनेजर विसन तामाङ सहित बीमितको छरछिमेकीको उपस्थिति थियो ।
ज्योति लाइफद्वारा १२ लाख ८ हजार दाबी भुक्तानीसहित अभिभावकत्व ग्रहण
आर्थीकसंसार संवाददाता२३ पुष, २०७८
२३ पुष, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट