News Portal

  • एनआईबीएल एस क्यापिटलद्वारा अन्तरक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन

    आर्थीकसंसार संवाददाता२३ पुष, २०७८
    ७०९ पटक
    २३ पुष, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको छ ।
    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मिति २०७८/०९/२३ गते प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा प्र्रदेश नं २ वीरगञ्जमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत प्रदान गर्नुभएको छ । यस अघि यस्तै अन्र्तक्रिया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बीनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्