News Portal

  • हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२२ पुष, २०७८
    ७८७ पटक
    २२ पुष, २०७८

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    पुस २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा बढी हो ।
    इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरी ६.७५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
    प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । प्रस्तावित ६.५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड रुपैयाँ नाघ्ने छ ।

    प्रतिकृया दिनुहोस्