News Portal

  • एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२२ पुष, २०७८
    १०५४ पटक
    २२ पुष, २०७८

    काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै पुस ६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।
    हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ । १२.५० प्रतिशत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । बैंकको साधारणसभा पुस २२ गते बिहान साढे १० बजे काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको हो । सभाले गत आर्थिक वर्षको सम्पूर्ण वार्षिक प्रतिवेदनहरु पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्