News Portal

  • युनिमनीको र् याफल ड्र क्याम्पियन सुरू

    आइफोन १३ र १०० ग्राम सुनको सिक्का जित्ने मौका

    आर्थीकसंसार संवाददाता२२ पुस, २०७८
    ८७४ पटक
    २२ पुस, २०७८

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जवीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ । र्याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरु युनिमनी कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट www.unimoni.qa  मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन–१३ साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नुहुनेछ । सोही क्याम्पियनको अवधि १ जनावरी २०२२ देखि १४ मार्च २०२२ (१७ पुष, २०७८ देखि फागुन ३०, २०७८) सम्म जम्मा ६९ दिनका लागि लागु हुनेछ ।
    विद्युतीय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ । उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०÷२० जना गरेर तल उल्लेखित तालिका अनुसार पुरस्कार विनियोजन गरिएको छ ।
    र्याफल ड्र विजेताहरु

    सोही क्याम्पियनको बारेमा बोल्दै युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले ‘हामी हाम्रा विश्वस्त ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको हाम्रो नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित छौं । हामी सबै ग्राहकहरूलाई उहाँहरूको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपको रूपमा सीधै पैसा पठाउनको लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौं । हामी सबै युनिमनी एक्सचेन्ज कतारकोे तर्फबाट म हाम्रा ग्राहकहरूमा सफलता साथै उक्तरोत्तर प्रगति को शुभकामना व्यक्त गर्न चाहन्छु’ भन्नुभएको छ ।
    युनिमनीको बारेमा ः
    युनिमनी एक्सचेन्ज एलएलसी ‘युनिमनी’ वित्तीय सेवाहरूको एक विविध प्रदायक हो । युनिमनीले खुद्रा स्टोरहरू, अनलाइन र मोबाइल समाधानहरूसहित बहु ग्राहक टचपोइन्टहरूमार्फत भौगोलिक, मुद्राहरू र च्यानलहरूमा पैसाको निर्वाध आवागमनको सुविधा दिन्छ । युनिमनी अर्थव्यवस्था र वाणिज्य मन्त्रालय, कतारमा वर्ष २००७ मा कतार केन्द्रीय बैंकद्वारा इजाजतपत्र प्राप्त एक दर्ता सीमित दायित्व कम्पनी हो ।
    युनिमनीले खुद्रा र कर्पोरेट ग्राहकहरुको लागि इन–स्टोर र डिजिटल मुद्रा स्थानान्तरण र विदेशी मुद्रा विनिमय समाधानको एक व्यापक स्पेक्ट्रम प्रदान गर्दछ । युनिमनीको मुख्य फोकस वान–स्टप समाधान प्रदायकको रूपमा एउटै छानामुनि ग्राहकहरूको वित्तीय आवश्यकताहरूलाई सम्बोधन गरेर सशक्त बनाउनमा निहित छ ।
    युनिमनी कतारले आफ्नो ग्राहकहरूका लागि अनलाइन स्थानान्तरण अनुभवलाई बढावा दिन र तीव्र पार्ने उद्देश्यले सस्तो र भरपर्दो अनलाइन मनी ट्रान्सफर सेवा प्रदान गर्दै आएको छ ।
    आइएमई लिमिटेडका बारेमाः
    आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
    ‘आइएमई पे’ को बारेमा :
    ‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
    आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवाहरू उपलब्ध गराउने छ र यसको सहयोगमा सेवा प्रापकहरूले आफ्नो मोबाइलमार्फत वा एजेन्टको सहयोगमा विभिन्न भुक्तानीसम्बन्धी कार्यहरू गर्न सक्नेछन् ।
    कम्पनीले लाखौं ग्राहकहरुलाई आफ्नो मोबाइल फोनबाट सिधै आइएमई पे डाउनलोड गरी आइएमईको व्यवसायिक साझेदार नेटवर्कमार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सकेको छ ।

    प्रतिकृया दिनुहोस्