News Portal

  • सनराइज बैंकले ल्यायो रेमिट मुद्दती खाता

    आर्थीकसंसार संवाददाता२१ पुष, २०७८
    १३८५ पटक
    २१ पुष, २०७८

    काठमाडौं । सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता ल्याएको छ । बैंकले विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।
    उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ । विदेशबाट श्रम गरी नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिने छ । यो खाता खोल्दा ग्राहकले ११.०५ प्रतिशत वार्षिक ब्याजदर पाउने छन् ।
    बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्