News Portal

  • एनआईबीएल समृृद्धि फण्ड–१ परिपक्व

    आर्थीकसंसार संवाददाता२१ पुष, २०७८
    १२३४ पटक
    २१ पुष, २०७८

    काठमाडौं । पुष २३, २०७१ सालदेखि सञ्चालनमा आएको एनआईबिएल सामूहिक लगानी कोषअन्तर्गत एनआईबिएल समृद्धि फण्ड–१ यही पौष २२ गते परिपक्व हुन लागेको छ ।
    नेपाल ईन्भेष्टमेण्ट बैंक लि. कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लि. व्यवस्थापक रहेको यस फण्डले ७ वर्ष अगाडी रु. १० अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो ।
    यस योजनाले ७ वर्षको अवधिमा इकाईधनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकत्तम प्रति इकाई रु १७.७१ सम्म कारोबार भएको थियो ।
    एनआईबिएल सामूहिक लगानी कोषअन्तगर्तको एनआईबिएल समृद्धि फण्ड–१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको छ ।

    प्रतिकृया दिनुहोस्