News Portal

  • सानिमा बैंकको मलेखुमा नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता२० पुष, २०७८
    १३०८ पटक
    २० पुष, २०७८

    काठमाडौं । सानिमा बैंकले धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका हुन् ।
    समारोहमा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेक छन् ।
    त्यसैगरी सानिमा बैंकका सञ्चालक बलराम पराजुलीले ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् । सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्