आर्थीकसंसार संवाददाता२० पुष, २०७८
२० पुष, २०७८काठमाडौं । एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ्गसम्बन्धी सेवाहरु निःशुल्क चलाउन पाइने भएको छ । यससँगै बैंकको मोबाइल बैंकिङ्गसम्बन्धी सेवाहरु निःशुल्क चलाउन पाइने छ ।
बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनका लागि आफ्नो एनसेलसँग सहकार्य गरी यस सेवाको सुरुवात गरेको हो ।
यस सुविधामार्फत एनआइसी बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआइसी एसिया मोबैंक एप, आइसर्भ, वेवसाइट तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।