काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । पुस १९ गते सम्पन्न इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभाले प्रस्तावित १३.३६८४ प्रतिशत लाभांश पारित गरेको हो ।
यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश पाउने भएका छन् । १२.७० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि भई २ अर्ब ५५ करोड रुपैयाँ कायम हुनेछ ।
सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचित गरेको छ । संस्थापक सेयरधनी समुह ‘क’ बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीले चालु आर्थिक वर्षको मंसिरसम्ममा १ लाख २२ हजार ९७० बीमालेखबाट २ अर्ब एक करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । साथै, इन्स्योरेन्सले सो अवधिमा २९ करोड १८ लाख रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको छ ।
कम्पनीको सभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।
सूर्या लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश पारित
आर्थीकसंसार संवाददाता१९ पुष, २०७८
१९ पुष, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट