News Portal

  • एकैदिन मुक्तिनाथ बैंकको एकैदिन ३२ वटा शाखाको उद्घाटन

    आर्थीकसंसार संवाददाता१९ पुष, २०७८
    १०८० पटक
    १९ पुष, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन ३२ वटा शाखा खोलेको छ । बैंकले १६औं वर्षमा प्रवेश गरेको अवसरमा डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको हो ।
    बैंकले प्रदेश नं. १ मा ४ वटा, प्रदेश नं. २ मा ३ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरुको औपचारीक रुपमा शाखा समुद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका हुन् ।
    उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए । यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ, जसमध्ये विद्यालयमा स्टेशनरीका सामग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताका कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ । यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरुले रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छ । बैंकले काठमाडौंको केन्द्रीय कार्यालय– कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको हो । उक्त कार्यक्रमबाट कुल २०२ पोका रगत संकलन गरेको बैंकले जानकारी दिएको छ ।
    बैंकले वार्षिकोत्सवको अवसरमा गरेका उल्लेखित सामाजिक उत्तरदायित्व कार्यक्रमहरुका लागि कुल १० बढी बराबरको सहयोग गरेको छ ।
    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटकर्वमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्