News Portal

  • सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको भटौलियामा

    आर्थीकसंसार संवाददाता१८ पुष, २०७८
    ८८६ पटक
    १८ पुष, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपरासीको बर्दघाट नगरपालिकाको भटौलिया बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले पुस १६ गतेदेखि उक्त स्थानमा ९०औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
    बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
    यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
    बैंकले हाल १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्