काठमाडौं । राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बीमासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बीमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।
सम्झौताअनुसार यो योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ । यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उद्देश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बीमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । पार्टनर र यात्रु दुबैले बीमा सुविधाबाट सुरक्षित हुने भएको भन्दै कम्पनीका अध्यक्ष श्रेष्ठले ढुक्क भएर सहाराको सेवा लिन आग्रह गरेका छन् । सहारा एपमार्फत दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको माध्यमबाट तत्काल चाहेको गन्तव्यमा पुग्न सकिने श्रेष्ठले जानकारी दिए ।
यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरुबाट कुनै किसिमको कमिशन नलिने उद्घोष गरेको छ । बजारमा राइडर तथा पार्टनरहरुले कम्पनीलाई २० प्रतिशतसम्म कमिशन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए । उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ । यात्रुहरुले गूगल प्ले तथा एप्पलको एपस्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् भने चालकहरुले गूगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् ।
एप बिजनेस ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको सहारा एप राइड शेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भैसकेको छ । एपको प्रयोगकर्ता बढिरहेकाले दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनीले जनाएको छ । १ लाखभन्दा बढी प्रयोगकर्ता रहेको सहारा एपकामा झण्डै २० हजार पार्टनरहरु आबद्ध छन् । सहाराले पार्टनर तथा यात्रुहरुलाई सजिलो र सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुका साथै समय समयमा विभिन्न किसिमका अफरहरुसमेत सञ्चालन गर्दै आईरहेको छ ।
सहारा र अजोड इन्स्योरेन्सबीच सम्झौता, यात्रु र चालकलाई ५ लाखको बीमा
आर्थीकसंसार संवाददाता१८ पुष, २०७८
१८ पुष, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह