News Portal

  • हिमालयन बैंकद्वारा धनकुटाका विद्यार्थीलाई न्यानो लुगा बाँड्यो

    आर्थीकसंसार संवाददाता१७ पुष, २०७८
    १११३ पटक
    १७ पुष, २०७८

    काठमाडौं । हिमालयन बैंकले पूर्वी पहाडी जिल्ला धनकुटाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको प्रदेश नम्बर १ को कार्यालयले धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भानु माविमा न्यानो कपडा वितरणसँगै वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ ।
    बैंककको धरान शाखा र सेवक अभियानको संयुक्त आयोजनामा राजारानीको सामुदायिक विद्यालय पुण्य माविमा न्यानो कपडा वितरण गरिएको थियो । बैंक तथा वित्तीय संस्थाका सेवासम्बन्धी जानकारी दिन गरिएको वित्तीय साक्षरता कार्यक्रममा एक सय जनाभन्दा बढीको सहभागिता रहेको बताइएको छ ।
    बैंकका शाखा प्रबन्धकहरू बिन्दिया रायमाझी (विराटनगर), सुनिल शर्मा (इटहरी), सुमित गुप्ता (हिले) र अन्य कर्मचारी रोचना भट्टराई, सुजन सुवेदी, राजु खत्री र आयुष्मा शाक्यले वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको बैंकले जनाएको छ ।
    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कुमारजंग याक्खाले बैंकिङ कारोबारका लागि गाउँगाउँका नागरिकलाई चेतनशील बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा वडा अध्यक्ष पलकबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजु र भानु माकिा प्रअ यज्ञबहादुर लिम्बूको पनि उपस्थिति थियो ।
    कार्यक्रममा राजारानीस्थित पुण्य माविका ४ सय विद्यार्थीलाई स्वेटर तथा टोपी वितरण गरिएको थियो । बैंकका प्रदेश १ प्रमुख अमृत मल्लले जाडोमा विद्यार्थीलाई न्यानो लुगा वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्