News Portal

  • नबिल इन्भेष्टमेन्टको “आजिवन डिम्याट खाता” २०२२ अफर

    आर्थीकसंसार संवाददाता१६ पुष, २०७८
    ११४७ पटक
    १६ पुष, २०७८

    काठमाडौं । नेपालमा रहेको विद्यमान व्यवस्थाअनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोलेपछि आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नवीकरण गराउनु पर्ने भएकाले यसबाट लगानीकर्ताहरुलाई सम्बन्धित कम्पनीमा गई वा सम्बन्धित कम्पनीले तोकेको अनलाइन पोर्टलहरुबाट नवीकरण हुँदै आएको व्यहोरा सर्वसाधारणमा विदितै छ । जसका कारणले कतिपय लगानीकर्ताहरु आफ्नो खाता रहेको विभिन्न संस्थाहरुमा धाउनुपर्ने बाध्यता रहेकोछ । जसले गर्दा विद्यमान कोभिड–१९ को जोखिमका कारणले आफ्नो डिम्याट खाता नवीकरण गराउन असमर्थ भएको देखिन्छ । यसलाई मध्यनजर गर्दै यस कम्पनीले आफ्ना विद्यमान कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावाहरुलाई यस्तो झन्झटबाट मुक्त गराउने उद्देश्यले नेपालमै पहिलोपटक आजीवन डिम्याट खाताको योजना यही पौष २६, २०७७ देखि लागु हुने गरी ल्याएको लगानीकर्ताहरुमा विदितै छ ।
    यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक रु. ३,००० (तीन हजार) रुपैयाँ भुक्तानी गरी आजीवन नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । तर अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा जनवरी ०१, २०२२ वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मसम्मका लागि यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि कम्पनीले रु. ९७८ छुट सहित जम्मा रु. २०२२ (दुई हजार बाईस रुपैयाँ मात्र) मा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने व्यवस्था गरेको व्यहोरा सहर्ष जानकारी गराएको छ । यस्तो सुविधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ भने नवीकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।
    हामीलाई आशा छ कम्पनीले प्रदान गरेको यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहनु भएका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ हुनुभएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नवीकरणको झन्झटबाट मुक्त भै फाइदा लिनु हुनेछ भन्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्