News Portal

  • एनएमबि बैंकका ग्राहकलाई हिमालय दृश्य होटेलमा छुट

    आर्थीकसंसार संवाददाता१६ पुष, २०७८
    ९९० पटक
    १६ पुष, २०७८

    काठमाडौं । एनएमबि बैंक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो ।
    सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ्ग बबिता पाण्डेले हस्ताक्षर गरेका छन् ।
    अत्याधुनिक बैंकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटको लागी सहकार्य गरेको जनाएको छ ।
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

    प्रतिकृया दिनुहोस्