News Portal

  • बैंकको नाफामा राष्ट्र बैंकले कडाई गर्दा लगानीकर्ता पलायन हुने जोखिम

    आर्थीकसंसार संवाददाता१६ पुष, २०७८
    ८२५ पटक
    १६ पुष, २०७८

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले नेपाल राष्ट्र बैंकले बैंकको नाफामा कडाइ गर्दा समस्या सिर्जना भएको बताएको छ ।
    शुक्रबार पत्रकार सम्मेलनको आयोजना कार्यक्रमको आयोजना गर्दै सिविफिनले राष्ट्र बैंकले विभिन्न नीति मार्फत बैंकको नाफामा कडाई गरेकोले सम्पूर्ण बैंकिङ क्षेत्रमै समस्या देखिएको बताएको हो ।
    सिविफिनका उपाध्यक्ष राजेश जोशीले राष्ट्र बैंकले छलफल बिना नीति ल्याउँदा नीति कार्यान्वयनमा समस्या भएको बताए । उनले राष्ट्र बैंकको नीतिमा समानता, स्थिरता, स्पस्टता सरोकारवालाको सहभागिता चाहिने समेत बताए ।
    यस्तै, उनले पुँजी वृद्धि अचानक ल्याइदिँदा, मुनाफामा कडाई गर्ने नीति ल्याउँदा निराशा सिर्जना भएर लगानीकर्ता नै पलायन हुने अवस्था आएको बताए ।

    प्रतिकृया दिनुहोस्