News Portal

  • नेपाल बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता१६ पुष, २०७८
    १०३७ पटक
    १६ पुष, २०७८

    काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त भएका छन् । बैंकले कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनयन भई आएका श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो ।
    नवनियुक्त सञ्चालक श्रेष्ठले बैंकका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
    यसअघि बैंकको सञ्चालकमा कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए । उनको अवकाश भएसँगै बैंकले सोही स्थानमा कोषका रोचन श्रेष्ठलाई नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्