News Portal

  • चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता१६ पुष, २०७८
    १२२८ पटक
    १६ पुष, २०७८

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । सोही अफर चन्द्रागिरी टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि १२/२९/२०२१ देखि ०१/०१/२०२२ सम्म रहेको छ । र सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।

    आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः
    झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
    आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर (QR) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।

    प्रतिकृया दिनुहोस्