News Portal

  • रिलायन्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१४ पुष, २०७८
    ८९७ पटक
    १४ पुष, २०७८

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको पोखरा शाखाले प्रस्ताबक देवी कुमारी खाँडको मृत्यु दाबी भुक्तानी गरेको छ । आफनी छोरी नीति खाँडको २०७५ असोज ८ गते बीमा गराएकी देवी कुमारी खाँडको २०७८ जेठ १२ गते मृत्यु भएकोले कम्पनीले ५ लाख ४० हजार उक्त दाबी भुक्तानी गरेको हो ।
    बीमाङ्क रकम ५ लाख र मासिक सुबिधा वापत प्रतिमहिना ५ हजारका दरले पछिल्लो ८ महिनाको ४० हजार गरी ५ लाख ४० हजार दाबी भुक्तानी गरेको यसै कम्पनीका पोखरा रिजनका क्षेत्रीय म्यानेनर विनोदप्रसाद त्रिपाठीले जानकारी गराए ।
    साथै बीमा प्रस्तावको मृत्यु भएकाले बीमा लेखको शर्त अनुसार बीमा अवधिभरी तिर्नुपनै बाँकी सबै बीमाशुल्क मिनाह भएको तथा बच्चाको उच्च शिक्षा तथा उज्वल भविष्यको लागि मासिक सुविधा वापत प्रतिमहिना ५ हजारका दरले रकम उपलब्ध गराउने र बीमा अवधिको अन्त्यपछि पनि बीमाङ्क रकम ५ लाख प्रदान गर्ने त्रिपाठीले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्