News Portal

  • महालक्ष्मी बैंकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

    आर्थीकसंसार संवाददाता१३ पुष, २०७८
    ६३३ पटक
    १३ पुष, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । ‘सबल बंैंक, सफल सहकार्य’ को नारा लिएर बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जनाएको छ ।
    महेन्द्रनगरकोे महाकाली जनज्योती आधारभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधीसमेत वितरण गरिएको बैंकले जनाएको छ ।
    महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकायाको नेतृत्वमा १० जना स्वास्थ्यकर्मीको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण गरेको जानकारी दिए ।
    बैंकले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।
    बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत ६ लाखभन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्