News Portal

  • एनएमबि बैंकले सिफेमबाट ऋण ल्याउँदै

    आर्थीकसंसार संवाददाता१३ पुष, २०७८
    ८४९ पटक
    १३ पुष, २०७८

    काठमाडौं । एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने सम्झौता गरेको छ ।
    सिफेमबाट पहिलोपटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडिसिबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बैंकले जनाएको छ ।
    बैंकको अनुसार सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडिसीले सिफेमलाई जोखिम बाँडफाडको आधारमा सुविधा प्रदान गरेको छ । यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधिकरण गर्दै दिगो विकास गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्ने र विशेष गरी वर्तमान बजार परिदृश्यमा यस सम्झौताको सान्दर्भिकता अझै महत्वपूर्ण हुने बैंकले जनएको छ ।
    सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तीय पहँुच अभिवृद्धि गर्न, वित्तीय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानीय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्ने जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्