News Portal

  • कृषि विकास बैंक र इजी लिंकबीच आन्तरिक रेमिट्यान्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१३ पुष, २०७८
    ८९३ पटक
    १३ पुष, २०७८

    काठमाडौं । इजीलिंक रेमिट्यान्स र कृषि विकास बैंकबीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
    उक्त सम्झौतापत्रमा कृषि विकास वैंकका प्रमुख सञ्चालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजयकुमार रिमाल र इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनालले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौतापश्चात अब कृषि विकास बैंकमार्फत पठाएको आन्तरिक विप्रेषणको रकम इजीलिंक रेमिट्यान्सको नेपालभरी छरिएर रहेका ७ हजारभन्दा धेरै एजेन्टहरुमार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहिसम्म पुर्याउन यो सम्झौताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।
    हाल इजीलिंक रेमिट्यान्सले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान, साइप्रस, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरुबाट पठाएको रकम कृषि विकास वैंकको देशभरि रहेका शाखाहरुमार्फत सहजै भुक्तानी लिन सकिने साथै ग्राहकको खातामा विदेशबाट आएको रकम ५ मिनेटमै जम्मा हुने व्यवस्था मिलाएको छ ।

    प्रतिकृया दिनुहोस्