काठमाडौं । ग्लोबल आइएमई बैंकले १५औं वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । जसअनुसार बैंकले पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ ।
शिविरमा महिलाहरुको स्वास्थ्य परीक्षण, औषधी वितरण तथा भीआईए जाँचलगायतका सेवाहरु निःशुल्करुपमा उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंककाअनुसार नेपाल परिवार नियोजन संघसँगको समन्वयमा हुने यस कार्यक्रमअन्तर्गत, कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्य चौकी, बराहताल, सुर्खेतमा पुस १२ गते, प्रदेश १ को देवानगञ्ज स्वास्थ्य चौकी, देवानगञ्ज, सुनसरीमा पुस १४ गते, प्रदेश २ को प्राथमिक उपचार केन्द्र, गौशाला, महोत्तरीमा पुस १५ गते, लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ्ग, रोल्पामा पुस १६ गते र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्य चौकी, दोगडाकेदार, बैतडीमा पुस १६ गते, वागमती प्रदेशको पारच्याङ स्वास्थ्य चौकी, नौकुण्ड रसुवामा पुस १७ गते र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य इकाई भवन, दोर्दी, लमजुङमा पुस १७ गते निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुनेछन् ।
यसअघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती बचत खाता सञ्चालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिकरुपमा सशक्त बनाउने बैंकको यो अर्काे महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्धशहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
आर्थीकसंसार संवाददाता१३ पुष, २०७८
१३ पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता