News Portal

  • सिद्धार्थ बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन

    आर्थीकसंसार संवाददाता१२ पुष, २०७८
    १०४० पटक
    १२ पुष, २०७८

    काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो उन्नाइसौं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
    २०७८ साल पौष ८ गते बिहीबारदेखि २०७८ साल पौष १२ गते सोमबारसम्म सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा कुल ८५८ जनाको सहभागिता रहेको थियो जसमा ९४ महिला र ७६४ पुरुष रहेका थिए ।
    अस्पतालहरूलाई जहिले पनि रगतको ठूलो आपूर्तिको आवश्यकता रहेको तर हालको कोभिड–१९ महामारीले गर्दा नेपाल मात्र होइन, विश्वभर नै अभाव भएको हुनाले यस अभावलाई केही हदसम्म भए पनि कम गर्न र रगत ट्रान्सफ्युजनको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्ने उद्देश्य बैंकले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
    बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य राखेकोे छ ।

    प्रतिकृया दिनुहोस्