News Portal

  • सनराइज बैंकको ३ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

    आर्थीकसंसार संवाददाता१२ पुष, २०७८
    १००६ पटक
    १२ पुष, २०७८

    काठमाडौं । सनराइज बैंकले थप ३ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले उदयपुर, सुनसरी र कैलाली जिल्लामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
    बैंकले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१० हडिया, सुनसरी जिल्लाको दुहबी नगरपालिका–८ जुटमिल चोक र कैलाली जिल्लाको भजनी नगरपालिका–४ खैलाडमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
    उक्त शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८३ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी जुटमिल चोकका अमन कुमार शाह, खैलाडका स्थानीय व्यवसायी जितेन्द्र चौधरी र हडियाका तारानाथ पौडेललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
    सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
    सनराइज बैंकले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्