News Portal

  • कामना सेवा बैंक र सुरिया हेल्थ केयरबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०७७
    ८६० पटक
    १२ भदौ, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले पिसिआर परीक्षणमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई उक्त छुट प्रदान गर्नका लागि सूरिया हेल्थ केयर प्रालिसँग सहकार्य गरेको जनाएको छ ।
    कोभिड–१९ ले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकका ग्राहकहरुलाई थप सहयोग पुगोस भन्ने उद्देश्यले यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ ।
    उक्त सहकार्यपछि बैंकका ग्राहकले विशेष छुटका साथ सहुलियत दरमा पिसिआर परीक्षणको सुविधा पाउने भएका हुन् ।
    बैंक र हेल्थ केयरको सहमतिअनुरुप अब कामना बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमणसम्बन्धी गरिने पीसीआर परीक्षण गर्दा १५ प्रतिशतको छुट प्राप्त सक्नेछन् ।
    हालसम्म बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्