आर्थीकसंसार संवाददाता१२ पुष, २०७८
१२ पुष, २०७८काठमाडौं । ‘एक्सेस टु अल’मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा चन्द्रगढी शाखा सञ्चालनमा ल्याएको छ ।
यससँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।