News Portal

  • मुक्तिनाथ बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता११ पुष, २०७८
    ८५३ पटक
    ११ पुष, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    यस पुस महिनामा बैंकले कोटीहवास्थित पशुपती स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो । सो कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।
    त्यसैगरी बैंकले सुन्वाल–११, जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको थियो ।
    उक्त कार्यत्रमहरुमा बैंकिङ्ग सेवा सुविधा , डिजिटल बैंकिङ्ग प्रविधि , बचत खाता लगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो ।
    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको कार्ड प्रयोग गरी नेपालभरी रहेको भिष नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्