News Portal

  • सेञ्चुरी बैंकले डाक्यो साधारण सभा

    आर्थीकसंसार संवाददाता११ पुष, २०७८
    १०६२ पटक
    ११ पुष, २०७८

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आगामी पुस ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो ११औं वार्षिक साधारणसभा डाकेको हो ।
    उक्त सभाले गत आर्थिक वर्षको लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनसपारित पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ५४ करोड रुपैयाँ नाघ्ने छ ।
    साथै, सभाले सेयर संरचना परिवर्तन गर्ने विशेष प्रस्तावलाई अनुमोदन गर्दै छ । बैंकमा हाल रहेको ५३.४१ प्रतिशत संस्थापक सेयर संरचनालाई घटाई ५१ प्रतिशतमा झार्ने र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व बढाउँदै छ ।
    त्यस्तै, सभाले कुनै बैंक तथा वित्तीय संस्थालाई एक आपसमा मर्ज गराउने तथा एक्विजिशन गराउनसमेत सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
    उक्त सभामा जान बैंकले पुस १९ गते बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म बैंकको सेयर किन्नले गत आवको प्रस्तावित लाभांश पाउने छन् ।

    प्रतिकृया दिनुहोस्