News Portal

  • निर्धन उत्थान लघुवित्तद्वारा बीमा वापतको रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०७७
    ६३५ पटक
    १२ भदौ, २०७७

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छालिङ भक्तपुरले सामाजिक दुरी कायम गरी एक कार्यक्रमका बीच बीमा क्षतिपूर्ति रकम वितरण गरेको छ ।
    संस्थाको छालिङ शाखा भक्तपुरमा आबद्ध ग्राहक सदस्य चाँगुनारायण ६, स्थित बाख्रीगाउँ महिला समूहकी ऋणी सदस्य जुनुमाया तामाङको मृत्यु बापतको काजक्रिया खर्चसहितको बीमा क्षतिपूर्ति रकम हकवाला निजको श्रीमान ज्ञान बहादुर तामाङलाई समूह अध्यक्ष पुतलीमाया तामाङमार्फत वितरण गरिएको थियो । मृतक सदस्यले संस्थाबाट ५० हजार कर्जा लिई तरकारी खेती व्यवसाय गर्दै आएका छन् ।
    उक्त अवसरमा शाखा प्रमुख रविकुमार गुरुङले संस्थाले देशको ७७ वटै जिल्लाका १८१ वटा शाखा कार्यालयहरुमार्फत करिब ४ लाख ग्राहक सदस्यहरुलाई समूहमा आवद्ध गराई बित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्