News Portal

  • सिद्धार्थले लाभांश पारित गर्न बोलायो साधारण सभा

    आर्थीकसंसार संवाददाता९ पुष, २०७८
    ८७४ पटक
    ९ पुष, २०७८

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा सिल्भर ब्यांकैट गैह्रीधारा, काठमाडौंमा बिहान ११ बजे सुरु गर्ने जनाएको छ । गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
    सभाले १४ दशमलव २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
    साथै सभाले संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा–नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ ।
    त्यस्तै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म शेयर कायम भएका शेयरधनीहरुले मात्र मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्